एक हप्तामै २४ हजार २०० ले बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नाघेर कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक हप्तामै सुनको भाउ प्रतितोला २४ हजार २०० रुपैयाँले वृद्धि भएको छ।

माघ ९ गते शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च बिन्दु हो। गत माघ २ गते सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ थियो।

यस्तो छ एक हप्ताको मूल्य वृद्धि तालिका:

मिति  मूल्य (प्रतितोला) कैफियत
माघ २ गते रु. २,७७,२०० सुरुवात
माघ ४ गते रु. २,७७,८०० सामान्य वृद्धि
माघ ५ गते रु. २,८२,२००
माघ ६ गते रु. २,८४,७००
माघ ७ गते रु. २,९५,१०० एकैदिन उच्च वृद्धि
माघ ८ गते रु. २,९२,२०० थोरै गिरावट
९ गते (शुक्रबार) रु. ३,०१,४०० नयाँ रेकर्ड

किन बढ्दैछ मूल्य ?

सुनको मूल्यमा अचाक्ली वृद्धि हुनुमा अन्तर्राष्ट्रिय परिस्थिति मुख्य जिम्मेवार रहेको विज्ञहरू बताउँछन्। महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार यसका प्रमुख कारणहरू निम्न छन्:

१. विश्वव्यापी भू-राजनीतिक तनाव: अमेरिका लगायत शक्तिशाली मुलुकहरूबीचको बढ्दो युद्ध र शक्ति टकरावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन् ।

२. सुनको सञ्चिति (Gold Reserve): विश्वका कतिपय देशहरूले व्यापक रूपमा सुनको सञ्चिति र लगानी बढाएका छन्, जसले गर्दा विश्व बजारमा माग बढ्न गई मूल्यमा प्रत्यक्ष प्रभाव परेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै