आइतबार पनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै