सुनको भाउमा उच्च वृद्धि: तोलामा २१ सयले बढ्यो, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको हो ।

धातु आजको मूल्य (प्रतितोला) अघिल्लो दिन (बिहीबार) परिवर्तन
छापावाल सुन रु. २,६७,८०० रु. २,६५,७०० रु. २,१०० (बढेको)
चाँदी रु. ४,७८० रु. ४,८३५ रु. ५५ (घटेको)

१० ग्रामको दर:

सुन: आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २९ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ।

चाँदी: आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ तोकिएको छ।

बिहीबार सुनको मूल्यमा गिरावट आएको भए पनि शुक्रबार फेरि उच्च वृद्धि देखिएको हो । यता चाँदीको मूल्यमा भने अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कमि आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै