सुनको मूल्य २ लाख ६० हजार ४०० मा झर्‍यो, चाँदीको भाउ पनि घट्यो

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

महासङ्घले तोकेको नयाँ मूल्य अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका आधारमा महासङ्घले नेपालमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै