सुनको भाउ तोलामा १ हजार १०० ले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो।

यस्तो छ आजको मूल्य:

छापावाल सुन: मंगलबार तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६१ हजार रुपैयाँमा झरेको छ।

चाँदी: चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको छ।

पछिल्लो समय उतारचढाव भइरहेको बजारमा आजको यो गिरावटले सुन खरिद गर्ने योजनामा रहेकाहरूलाई केही राहत मिलेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै