सुनचाँदीको भाउमा दैनिक नयाँ रेकर्ड; सुन तोलाको २ लाख ६८ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेको छ । बुधबार (पुस ९ गते) सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिन (मंगलबार) को मूल्य २ लाख ६७ हजार २०० रुपैयाँको तुलनामा ९०० रुपैयाँले बढी हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि बुधबार ठूलो वृद्धि देखिएको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। प्रतिशतका आधारमा हेर्दा सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर बढी देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । लगातारको मूल्य वृद्धिले बजारमा नयाँ गहना बनाउनेभन्दा पनि लगानीका रूपमा सुन–चाँदी किन्नेहरूको आकर्षण बढेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै