सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड: सुन तोलाको २ लाख ६७ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा भएको यो वृद्धि हालसम्मकै उच्च मध्येको एक हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ। यो मूल्य पनि चाँदीको कारोबार इतिहासमा हालसम्मकै उच्च हो । सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा भएको तीव्र वृद्धिका कारण स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै