सुनको मूल्यमा सामान्य गिरावट, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १ सय रुपैयाँले नै बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको ऐतिहासिक रेकर्ड

सुनको मूल्य घट्दा चाँदीले भने नयाँ रेकर्ड बनाएको छ। शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ सय रुपैयाँले बढेर ४ हजार १०५ रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च (All-time High) हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै