सशस्त्र प्रहरी बलमा २०९ जनाका लागि भर्ना खुल्यो: ६९ इन्स्पेक्टर र १३१ असई माग

काठमाडौँ ।  सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा रिक्त रहेका २०९ पदका लागि नयाँ भर्ना खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशित गर्दै सशस्त्रले साधारण तथा विभिन्न प्राविधिक उपसमूहतर्फ दरखास्त आह्वान गरेको हो।

माग गरिएको पद संख्या:

इन्स्पेक्टर (निरीक्षक): ६९ जना

असई (सहायक निरीक्षक): १३१ जना

सई (नायव निरीक्षक – स्टाफ नर्स): ९ जना

कुन उपसमूहमा कति ?

सशस्त्रले साधारण उपसमूहतर्फ ४१ इन्स्पेक्टर र १३१ असई माग गरेको छ । यस्तै, प्राविधिकतर्फ कानुन उपसमूहमा ७, लेखामा १८, र चिकित्सक उपसमूहमा ८ जना इन्स्पेक्टरका लागि विज्ञापन खुलाइएको छ ।  स्वास्थ्यतर्फ स्टाफ नर्सका लागि ९ जना सई (नायव निरीक्षक) माग गरिएको छ ।

योग्यता र उमेर हद:

इन्स्पेक्टर (साधारण): २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको।

असई (साधारण): १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको। (अन्य उपसमूहका लागि पदअनुसारको शैक्षिक योग्यता र उमेर तोकिएको छ।)

दरखास्त दिने समय:

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आगामी माघ ११ गतेभित्र र दोब्बर दस्तुर तिरी माघ १८ गतेभित्र आवेदन दिन सक्नेछन् । भर्ना सम्बन्धी विस्तृत विवरण सशस्त्र प्रहरीको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

May be an illustration of blueprint and text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै