चाँदीको भाउमा ऐतिहासिक रेकर्ड: पहिलोपटक तोलाको ४ हजार नाघ्यो, सुन पनि ७ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा चाँदीको मूल्यले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ । बुधबार एकैदिन प्रतितोला १७० रुपैयाँले बढेर चाँदीको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य नेपाली सुनचाँदी बजारको इतिहासमा हालसम्मकै उच्च विन्दु हो ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय ७७ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सुनको भाउमा पनि बुधबार सामान्य वृद्धि देखिएको छ । मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २२ हजार ६५० रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै