काठमाडौँ । सुनको भाउ आज मंगलबार घटेको छ । सोमबार प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा झरेको छ ।
मंगलबार प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ५० रुपैयाँ तोकिएको छ ।
यसदिन चाँदीको भाउ भने बढेको छ । सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३ सय ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।