काठमाडौँ । आज मिति वि.सं. २०८२ पुस १ गते मंगलबार । ई. सं. २०२५ डिसेम्बर १६ नेपाल सम्बत ११४६ थिंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण द्वादशी तिथि । चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, अतिगण्ड योग, कौलव करण एवं राष्ट्रिय झण्डा दिवस । आज बिहान ६ बजेर ४७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १२ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
खेलकूद, भ्रमण एवम् मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्ने समय छ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने इष्टमित्रको सहयोग पनि प्राप्त होला । कुनै नयाँ योजनाको आरम्भ हुन सक्छ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइ मन रमाउला । सोचेको विशेष कार्य पूरा भइ सुखको अनुभव हुने योग छ । आजको दिन रुपैयापैसाको लाभदायी कारोबार होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
सोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने दिन छ । निकटका साथीभाइसित भेटघाट तथा छलफल भइ आर्थिक योजना बन्ने तथा धनलाभको बाटो पत्ता लाग्ने योग छ । परिवारमा भने सामान्य विवादको अवस्था निम्तिन सक्छ, आत्मसंयमयुक्त व्यवहारले समस्या समाधानको प्रयास गर्नुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आरोग्यबल बढेपनि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा केही बाधा आइपर्नुका साथै आर्थिक हानीको सम्भावना छ । स्वास्थ्यगत कारणले खर्च बढ्ने योग छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा विशेष ख्याल राख्नु हितकर हुनेछ । आज अल्छीपनले सताउनाले महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । तार्किक शक्ति भने बढ्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्मबल वृद्धिका साथै साथीभाइको सहयोगले महत्वपूर्ण काम बन्ने समय छ । मनोकूलता वृद्धि हुने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् भने रसरागमा आकर्षण रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटघाटले मन रमाउनेछ । आर्थिक लाभको योग छ । परिश्रमअनुसार राम्रै उपलब्धि प्राप्त हुने देखिन्छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्विको सही प्रयोग भइ नसोचेको सफलता हातपर्न सक्छ । आरोग्यबल बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
पुराना साथीसँगीसँगको भेटघाटले मन रमाउने समय छ । विपरीतलिंगीको साथ–सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा ज्यादा समय बित्न सक्छ । आजको दिन परिश्रम गर्न सके गरेका कामको पूर्ण उपलब्धि पाइएला । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उपलब्धिमूलक यात्राको योग छ । इष्टमित्रको साथ–सहयोग मिल्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
मिश्रित फलदायी समय छ । अनौठो अर्थात् नसोचेको तरिकाबाट आर्थिक आर्जन हुनसक्छ । स्वास्थ्य केही कमजोर रहला । तथापि, सामाजिक क्रियाकलापमा आकर्षण रहनेछ र त्यसले प्रतिष्ठा पनि बढाउला । परिवारमा सामान्य विवादको परिस्थिति पैदा हुन सक्छ । नियमित प्रयोगको सरसामान बिग्रेर सास्ती मिल्नसक्ने सम्भावना छ, सजग रहनु उचित होला । मित्रजनको सहयोगले समस्याको निराकरण हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
साहसी कर्ममा आकर्षण बढेपनि सोचेअनुसार काम नबन्ने र खर्च वृद्धि हुने समय छ । बढ्दो खर्चले मन अशान्त रहन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहने देखिन्छ । निरर्थक क्षेत्रमा लगानी बढेर दूरगामी घाटाको परिस्थिति बन्न सक्छ, व्यावसायिक मामलामा विशेष सजगता अपनाइ कदम चाल्नु हितकर होला । परिवारजनको साथ र मिठो भोजन प्राप्त हुने योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
शुभता र सामर्थ्य बढेर रोकिएको काम बन्ने समय छ । आफन्तको साथ–सहयोग प्राप्त हुनुका साथै बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने देखिन्छ । बिग्रिएको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनावको स्थिति कायम रहला । दिनको पछिल्लो प्रहर अलिक कष्टकर अनुभूति हुनसक्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
दौडधुप बढेपनि ब्यापार–ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । आम्दानीको बाटो खुल्नुका साथै नचिताएको टाउबाट लाभ हुने योग छ । पढाइलेखाइमा भने आजको दिन खासै प्रगति नहोला । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
नियमित कार्यमा जाँगर बढ्ने दिन छ । महत्वपूर्ण कार्य सफल हुनेछ भने अधुरा रहेका काम पनि अघि बढ्नेछन् । खर्च भने केही बढ्न सक्छ । परिवारमा आर्थिक समस्याले सताउने योग छ । सन्तानपक्षबाट सुखको अनुभूति हुनेछ । प्रेमभाव र दामपत्यसुख बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन चाहेअनुसार सहज र सुखद नरहन सक्छ । कसैसँग विवाद वा झैझगडाको सम्भावना छ । मनमा अनावश्यक डरले डेरा जमाउने देखिन्छ, सावधान रहेर काम गर्नुहोला । मनमा अनावश्यक विचारको छाल उठ्ने, भाभुकपनले सताउने योग छ । समयमा निर्णय नहुँदा नियमित काममा पनि अवरोध आउने सम्भावना छ । आत्मसंयमता कायम राख्ने प्रयास गर्नुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
सामाजिक कार्य तथा राजनीतिमा बर्चस्व बढेपनि आजको दिन केहीले सम्मान गर्नेछन् भने कतिपयले अनावश्यक डर देखाउन सक्छन् । नियमित कार्यमा खासै मन नजाला । तथापि, तपाईंको कामको कदर हुनेछ । परिवारजनको साथ रहनेछ । प्रेमभाव वृद्धि हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ रहनेछ । सुख–सुविधाको बस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..