दीपावलीले अर्थतन्त्र चलायमानः ४० करोडको झिलिमिली बत्तीको कारोबार

बजारमा नयाँ ‘वाटरफल’ लाइटको माग बढ्यो, समग्र व्यापार २०५ सम्म घटेको व्यवसायीको भनाइ

काठमाडौँ । उज्यालोको पर्व दीपावलीले गर्दा अहिले नेपाली अर्थतन्त्र चलायमान बनेको छ । यस तिहारमा उपभोक्ताले विभिन्न थरीका झिलिमिली बत्तीहरू खरिद गर्दा करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको भनाइ छ । यी बत्तीहरू प्रायः चीनबाट आयात हुने गरेका छन् र बजारको ठूलो हिस्सा ओगटेका छन् ।

नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार, यस वर्षको तिहारमा बत्तीको कारोबार राम्रै देखिए पनि विगतका वर्षहरूको तुलनामा केही घट्न सक्ने अनुमान गरिएको छ । यसको मुख्य कारण, अहिले बजारमा आएका धेरै सामानहरू टिकाउ खालका हुनु (दुई(तीन वर्षसम्म चल्ने) र निर्माण कार्यमा आएको सुस्ती हो ।

काठमाडौँ विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले पनि कोभिडपछिदेखि नै विद्युत् व्यवसाय निरन्तर घट्दो क्रममा रहेको र २०७६।७७ सालदेखि अहिलेसम्म व्यापार करिब १५ देखि २० प्रतिशतले घटेको बताएका छन् । देशको समग्र आर्थिक र राजनीतिक अनिश्चितताले पनि बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ ।

नयाँ डिजाइनको आकर्षण र मूल्यः

बजारमा न्यूनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू उपलब्ध छन्, जुन घर, बगैँचा, कार्यालय लगायतको सजावटका लागि अत्यधिक प्रयोग हुन्छन् । तिहार सकिने बित्तिकै छठ पर्व शुरू हुने भएकाले सो समयसम्म धान्ने गरी बत्ती आयात हुने गरेको छ ।

यस वर्ष नयाँ डिजाइनका ‘वाटरफल’ लाइटहरू ले बजार लिएका छन् । झरना शैलीको प्रकाश देखिने भएकाले आकर्षक यी लाइटहरू सजिलै जडान गर्न सकिने (सेल्फ–इन्स्टलेसन) प्रकृतिका भएकाले ग्राहकहरू बढी आकर्षित भएका छन् ।

ढुवानीको चुनौती र वैकल्पिक मार्गः

झिलिमिली सामानको आपूर्ति प्रायः चीनबाट हुने गरेकोमा यस वर्ष पनि रसुवा र तातोपानी नाकामा बाटो बिग्रिने समस्याका कारण केही असहजता भोग्नुपर्‍यो । गत वर्ष तिहारमा मगाएका सामान तिहारपछि मात्र आइपुग्दा व्यापारीहरूलाई ठूलो क्षति भएको थियो । यसपटक त्यस्तो कठिनाइ दोहोरिन नदिन धेरै व्यवसायीहरूले वैकल्पिक रूपमा कलकत्ता, वीरगञ्ज, विराटनगर, भैरहवा, र नेपालगञ्ज हुँदै सामान ल्याएका छन्, जसले गर्दा ढुवानी खर्च बढे पनि समयमै सामान बजारमा पुगेको छ ।

महासंघका अध्यक्ष सापकोटाले हाल बजारमा मागअनुसार पर्याप्त सामान उपलब्ध रहेको जानकारी दिएका छन् । समग्रमा, अहिलेको बजारमा व्यापार घट्दो भए पनि प्रविधिमा आधारित नयाँ उत्पादनहरूप्रति ग्राहकहरूको चासो बढ्दो रहेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै