तिहारमा स्वदेशी फूलले पायो बजार, विदेशबाट कम आयात-सयपत्री मालाको मूल्य १२० सम्म

काठमाडौँ । यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीहरूले बताएका छन्। तिहारमा फूलको बढी व्यापार हुने भए पनि नेपालमा उत्पादन भएको फूलले बजार पाउँदा विदेशबाट कमै फूल आयात भएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।

नेपाली व्यवसायीले उत्पादन गरेको फूल विगत वर्षमा बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने गरेकामा यस वर्ष भने त्यस्तो नभएको सङ्घका अध्यक्ष रामजी तिमल्सिनाले जानकारी दिए ।

मूल्य विवरणः

यस वर्ष सयपत्रीको माला प्रतिगोटा १०० देखि रु १२० रुपैयाँसम्ममा पाइने उनले सुनाए । मखमलीको फूल भने प्रतिगोटा ३५ देखि रु ४५ रुपैयाँसम्ममा पाइने सङ्घले जनाएको छ । यद्यपि, यस वर्ष तिहार छिट्टै परेकाले गोदावरीको फूल भने कमै फुलेको व्यवसायीले जनाएका छन् ।

सरकारको सहयोगः

यस वर्ष बागमती प्रदेश सरकारअन्तर्गत रहेको पुष्प विकास केन्द्रले भक्तपुरको गुण्डु र काठमाडौँको इचङ्गुनारायणका २५।२५ गरी ५० जनालाई तालिम दिएको थियो । तालिम लिने ५० जनालाई दुई।दुई रोपनी रोप्न पुग्ने गरी बिउको बेर्ना बाँडिएको केन्द्रका कार्यालय प्रमुख रबिन्द्र थापाले जानकारी दिए ।

उपभोक्ताको गुनासोः

केही उपभोक्ताले भने बजारमा फूल र मालाको मूल्य विगत वर्षको भन्दा बढी तिर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

उपभोक्ता सविना श्रेष्ठको माग छ कि सरकारले मूल्य तोकेर बढी लिनेलाई कानुनी कारबाहीको दायरामा ल्याए बढी मूल्य लिने क्रम रोकिनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै