सुनचाँदीको भाउ सोमबार सामान्य बढ्यो

काठमाडौँ । सुनचाँदीको भाउ साताको दोस्रो दिन आज सोमबार कार्तिक ३ गते सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको मूल्य आज तोलाको दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको भाउ तोलाको ४ हजार ८०० रुपैयाँले घटेर दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको मूल्य यसदिन तोलामा पाँच रुपैयाँले बढेर तोलाको ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो आइतबार चाँदीको भाउ पनि तोलाको ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै