सुन ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो।

हिजो बुधबार तोलाको २ लाख १६ हजार १०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको भाउ आज २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर २ हजार ५२० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै