
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य २ लाख १७ हजार १०० रुपैयाँ थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ थियो ।