
काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि हाललाई नेपाली बजारमा मूल्य यथावत राख्ने निर्णय गरेको छ। निगमले चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मूल्य समायोजन नगर्ने जनाएको हो।
भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार, पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ।
हाल काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ रहेको छ।