
काठमाडाैँ । सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्। व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ छ। सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।
शुक्रबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्याली निकालेका हुन् । माइतीघर मण्डलदेखि निकालिएको उक्त र्याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुनेछ ।
आगामी आवको बजेटमार्फत् सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ । यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्।
हेर्नुहाेस् तस्बिरहरू:-