भाडा र उत्पादन खर्च बढ्दा अण्डाको मूल्यमा वृद्धि, उपभोक्ता मारमा

काठमाडौँ । नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार, असार २० गतेदेखि लागू हुनेगरी चितवनबाट देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँसम्म बढाउने निर्णय भएको हो ।

यस निर्णयसँगै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुगेको छ, जुन यसअघि जेठ १७ गतेसम्म ४६५ रुपैयाँ रहेको थियो ।

त्यसैगरी, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ३० रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४३५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार, चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यसै अनुरुप हाल बजारमा उपभोक्ताले पाउँदै आएको अण्डाको मूल्य बढ्नेछ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै