
काठमाडौँ । सुनको मूल्य असार १९ गते, बिहीबार पनि नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार १०० रूपैयाँ पुगेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेर१ लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १० रूपैयाँले घटेर २ हजार १४५ रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार २५ रूपैयाँ बढेर २ हजार १७० रूपैयाँमा कारोबार भएको हो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३५२ दशमलव १९ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव ५४ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।