
काठमाडौँ । सुनको मूल्य असार १८ गते, बुधबार पनि नेपाली बजारमा बढेको छ । बुधबार सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ७०० रूपैयाँ पुगेको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
उता आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३२३४ दशमलव ९३ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव ०९ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।