
काठमाडाैँ । नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ८८ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलाको २ हजार १४० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा छापावाल सुनको भाउ तोलाको एक रुपैयाँ र चाँदीको भाउ २५ रुपैयाँले घटेको हो ।
हिजो आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँ र चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३२८६ दशमलव १६ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव १६ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।