सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुन तथा हिरामा नयाँ कर लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। आज काठमाडौंका न्युरोड लगायतका विभिन्न स्थानमा रहेका सुनचाँदी पसलहरूका सटर बन्द गरिएका छन्।

व्यवसायीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा आन्दोलन गरेका हुन् । विनियोजन विधेयक पास भइसक्दा पनि आफ्ना मागहरू सम्बोधन नभएपछि बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ।

पूर्व सहमति र हालको अवस्था

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले यसअघि पनि आन्दोलन सुरु गरेका थिए । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । तर, हालसम्म माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले सटर बन्द गरी विरोध प्रदर्शन सुरु गरेका छन् ।

यो आन्दोलनले सुनचाँदी बजारमा कस्तो प्रभाव पार्नेछ र सरकारले व्यवसायीका मागहरूलाई कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै