
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ ६ बजे सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ ।
यस वर्ष चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी भएका थिए ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।