
काठमाडौँ । नेपाली बजारमा बुधवार (आज) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य मंगलबारको तुलनामा १ हजार ५०० रुपैयाँले कम हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा २ हजार १६० रुपैयाँ रहेको थियो । जसअनुसार आज चाँदीकाे भाउ तोलामा २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतार चढाव देखिएको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३२८ दशमलव २८ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३५ दशमलव ९६ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।