कालीमाटीमा च्याउको मूल्य घट्यो, ब्रोकाउली महँगियो

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा केही तरकारीको मूल्य घटबढ् भए पनि धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज काउली, प्याजसहितका तरकारीको मूल्य बढेको छ भने च्याउ, भन्टासहितका तरकारीको मूल्य घटेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ३०, टनेलको गोलभेँडा ४०, रातो आलु ४२, सुकेको भारतीय प्याज ४७, लोकल गाँजर ६६, बन्दा २५, स्थानीय काउली ८५, सेतो मुला २०, लाम्चो भन्टा १५, डल्ले भन्टा २५, तने बोडी २८ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३०, परबल ३०, घिरौँला ४२, झिँगुनी ४०, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी ३०, पाकेको फर्सी ४५, भिन्डी ४०, कन्य च्याउ १६६, डल्ले च्याउ २८०, ब्रोकाउली ७५, न्युरो २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ३०, टनेलको गोलभेँडा ४१, रातो आलु ४१, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ६३, बन्दा २५, स्थानीय काउली ८०, सेतो मुला १७, लाम्चो भन्टा १४, डल्ले भन्टा २६, तने बोडी २८ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ३२, परबल ३०, घिरौँला ४४, झिँगुनी ४२, हरियो फर्सी लाम्चो २६, डल्ले फर्सी ३०, पाकेको फर्सी ४२, भिन्डी ३७, कन्य च्याउ १७६, डल्ले च्याउ २८६, ब्रोकाउली ६६, न्युरो २५ रुपैयाँ प्रतिकिलो थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै