
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज थप ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले सस्तिएको छ। आज चाँदी तोलाको २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा २ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।