असार ४ गते बुधबारको तपाईको दैनिक राशिफल

काठमाडाैँ । आज मिति वि.सं. २०८२ असार ०४ गते बुधबार । ई.सं. २०२५ जुन १८ नेपाल सम्बत ११४५ बछलागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण सप्तमी तिथि । चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र, प्रीति योग, बव करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घाम साँझ ०७ बजेर ०१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मयोग अभिवृद्धि हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ । सबल स्वास्थ्यका लागि खानपान तथा आचारविचारमा विशेष ध्यान राख्नुपर्नेछ । अस्वस्थताकै बीच कामको बोझ बढ्ने देखिनछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । इष्र्या गर्नेहरू सक्रिय रहनसक्छन्, ध्यान राख्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा विशेष ध्यान दिनु आवश्यक छ, ध्यान राख्नुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नता मिल्ला । उपहारप्राप्तिको योग छ । दौडधुप वृद्धि हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने तथा अनावश्यक विवादले मन खिन्न तुल्याउनसकने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):

आजको दिन व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने मित्रजनको सहयोगबाट दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुने योग छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । साझेदारीको काम बन्नेछ । प्रतिष्पर्धी परास्त होलान् । स्वास्थ्य सबल रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिएला । इच्छाशक्ति बढ्नुका साथै प्रबल आत्मबलका कारण चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । साथीभाइको सहयोगले सुख वृद्धि गराउनेछ । खेलकुद एवम् रसरागमा विशेष आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

समय केही प्रतिकुल रहेको आभास हुनसक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने मित्रजन नै टाढिनसक्ने सम्भावना छ । बोली र व्यवहारमा लचकता अपनाएर परिस्थितिलाई सकारात्मक तुल्याउन सकिनेछ । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनु नै हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेमभाव र सन्तानसुख बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):

पराक्रमका साथै व्यस्तता वृद्धि हुनेछ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । मानसम्मानमा चोट पुग्न सक्ने समय रहेको हुँदा बोली र व्यवहारमा विशेष सजग रहनु उचित हुनेछ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, ध्यान राख्नुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने सम्भावना छ । आजको दिन आर्थिक कारोबार नगरेकै बेस हुनेछ । । सहयोगीहरूको भावनालाई कदर गर्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

पराक्रम वृद्धिका साथै मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने साथीभाइको साथ मिल्नेछ । आरोग्यबलका साथै यशवर्चश्व बढ्नेछ बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ । धन सम्पदामा बढोत्तरी आउने योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिने समय छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु स्वयमको लागि पनि हितकर होला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुखदुःखमा साथ दिनेहरू कमै भेटिए पनि समस्याको समाधान मिल्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदा नै हुनेछ । मान प्रतिष्ठा मिल्नाले सुख वृद्धि हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

धेरै परिश्रम तथा लगानीबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्न सक्छ । मौसमी समस्या आउन सक्छ, सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुनेछ भने खर्च लागे पनि विशेष योजनामाथिको प्रयत्न सार्थक रहला । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्न सकिनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । नजिकका आफन्त टाढिन सक्छन् तर विशिष्ट जनसँग मित्रता बढ्ने योग छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नाले हर्ष बढ्ने देखिन्छ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हातपर्ने देखिन्छ । यात्रागत कार्य सार्थक रहला । खर्चचाहिँ केही बढ्नाले समस्या उत्पन्न हुन सक्छ, सतर्क रही व्यवहार गर्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):

समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ भने रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमण पनि सफलतादायी रहला । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, तर जित तपाईंकै हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा फाइदा हुनेछ । आयबल बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

आजको दिन शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । तर, भाग्यबल बढ्नाले नतिजा तपाईंकै पक्षमा रहला । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्ने समय छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । सामथ्र्य वृद्धि हुनाले कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् शुभकामना !!!

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै