सुनको भाउ साेमबार कति ताेकियाे ?

काठमाडाैँ । सुनको भाउ आज असार २ गते साेमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ ताेकिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार कारोबार भएको भाउमै आज साेमबार पनि सुनकाे काराेबार भएको हाे । आइतबार तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा सुनको काराेबार भएको थियाे ।

शुक्रबार छापावाल भाउ तोलाको ४ हजार २०० रूपैयाँले बढेर १ लाख ९७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६९ हजार ३२५ रुपैयाँ तोकिएको छ ।

यसअघि बैशाख ९ गते मंगलबार सुनको भाउ तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँको कीर्तीमानी मूल्यमा कारोबार भएको थियो । त्यस यता ओरालो लागेको सुनको भाउ फेरि बढ्न थालेको छ । मध्यपूर्वमा पुनः तनावको स्थिति देखा परेपछि सुनको भाउले बैशाख ९ गतेको कीर्तीमान तोड्ने अनुमान गरिएको छ ।

आज साेमबार चाँदीको भने प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ८५६ रुपैयाँ तोकिएको छ । हिजाे आइतबार २ हजार १६५ रुपैयाँमा काराेबार भउकाे थियाे ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४३० दशमलव ८० डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव २४ डलर छ ।

अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै