
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढ्दा १ लाख ९७ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोलाको सुन किन्न ग्राहकले १ लाख ९७ हजार १०० रूपैयाँ खर्चनुपर्ने भएको हो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ तोलाको ४ हजार २०० रुपैयाँले बढेको हो । महासंघका अनुसार पछिल्लो तीन दिनमा मात्रै सुन तोलामा ७ हजार १०० रूपैयँले महङ्गिएको हो।
यस्तै यसदिन चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँले महङ्गिएको छ । शुक्रबार चाँदीको भाउ तोलाको २ हजार १६५ रुपैयाँ पुगेको हो । हिजो बिहीबार भने १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४२७ दशमलव ७५ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव २४ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।