काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रूपैयाँ पुगेको हो । अघिल्लो दिन मंगलबार तोलामा ६०० रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २ हजार १६५ रूपैयाँ तोकिएको हो । यो भाउ मंगलबार कारोबार भएकै भाउ हो । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएर नयाँ उचाइमा पुगेको थिये । मंगलबार चाँदी २ हजार १६५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३४२ दशमलव १७ डलरमा कारोबार भएको छ । यस्तै चाँदी चाँदीको भाउ प्रतिऔंस ३६ दशमलव ६१ डलर छ ।
अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।