सुनको भाउ ६०० रुपैयाँले घट्दा, चाँदीको मूल्य नयाँ रेकर्डमा

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ९० हजार रुपैयाँमा झरेको हो ।

यसअघि सोमबार पनि सुनको भाउ १०० रुपैयाँले घटेको थियो ।

यता, चाँदीको मूल्य भने नयाँ उचाइमा पुगेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएर २ हजार १६५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै