विद्युत प्राधिकरणद्वारा सहिद परिवारका आठ सदस्यलाई रोजगारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ को अध्यक्षतामा बुधबार सम्पन्न भएको छ । बैठकले २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा सहिद भएका परिवारका छुट भएका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले सम्बन्धित कार्यविधि २०८२ तथा नेपाल राजपत्रमा उल्लेखित व्यवस्थाअनुसार थप ८ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । यसअघि प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको छ ।

नयाँ निर्णयअनुसार रोजगारी पाउनेहरूमा रोजित श्रेष्ठ (काठमाडौं–बनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) रहेका छन् ।

यसैगरी बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य को कार्यसम्पादन मूल्यांकनसम्बन्धी जानकारीसमेत लिएको छ ।

सरकारले जनआन्दोलनका सहिद तथा घाइते परिवारलाई राहत र रोजगारीमार्फत सहयोग गर्ने नीतिअनुसार प्राधिकरणले निर्णय कार्यान्वयन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै