अर्थ मन्त्रालयको राजश्व चुहावट नियन्त्रणमा आज उच्चस्तरीय बैठक, कडा कदमको तयारी

काठमाडौँ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय बैठक आयोजना गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान ११ बजे सुरु हुने तय गरिएको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, अर्थ तथा गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको सहभागिता रहनेछ। साथै, अर्थ मन्त्रालयअन्तर्गतका सम्बन्धित महाशाखा तथा विभागका प्रमुखहरू पनि उपस्थित हुनेछन् ।

बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ। अर्थमन्त्री वाग्लेले सो अवसरमा आवश्यक नीति निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठक करिब एक घण्टा चल्नेछ। बैठकपछि भएका निर्णय र निष्कर्षहरूबारे सञ्चारमाध्यमलाई भिडियो, फोन वा प्रेस विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।

सरकारले पछिल्लो समय राजश्व संकलनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै नियन्त्रणका लागि कडाइ गर्ने संकेत दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै