ललितपुर । जिल्ला अदालत ललितपुरले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो ।
‘यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० सम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ अदालतले सूचनामा भनेको छ ।