काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नोटबन्दीको बाटो नलिने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू नोटबन्दीको बाटोमा नजाने बताएका हुन् ।
एयरलाइनगाई नामक एम्स प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा वाग्लेलाई नोटबन्दीको बाटोमा नजान आग्रह गरेका थिए ।
‘आदरणीय स्वर्णिम वाग्लेज्यू, कृपया सन् २०१६ मा भारतले गरे जस्तै सस्तो लोकप्रियताको पछाडि लागेर नोटबन्दी (विमुद्रीकरण) नगर्नुहोला । यसले काम गर्दैन’ उनले लेखेका थिए, ‘यसले गरिबहरूलाई दुःख मात्र दिन्छ र राष्ट्रलाई ठुलो आर्थिक क्षति पुऱ्याउँछ। भ्रष्टाचारीहरूलाई कारबाही गर्ने अरू धेरै राम्रा उपायहरू छन्।’
जवाफमा उनले लेखेका छन्– ‘हामी गर्दैनौँ ।’