गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ: उवा महासंघ अध्यक्ष ढकाल

दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए । कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनले बताए ।

‘राजनीतिक दलका नेताले अर्काे दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ ढकालले भने ।

निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

छुटाउनु भयो कि !!!

नाफिज बहसः अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

दलहरुलाई प्रा.डा आचार्यको सुझाव ‘वास्तविकताको आधारमा घोषणा पत्र ल्याउनुहाेस्’

कानुनको दायरामा बसेर नाफा गर्नेहरु दलाल हैनन्: महामन्त्री प्रदीप पौडेल

बीमा क्षेत्रमा ५५% सम्म कर, लगानीका औजार नहुँदा ९०% रकम बैंकमै सीमित: पराजुली

हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छः हान अध्यक्ष शाह

राजनीतिक घोषणापत्रमा पूर्वाधार विकासलाई एजेन्डा बनाउनुपर्छ: निर्माण व्यवसायी महासंघका अध्यक्ष

‘१० वर्षअघि जनताको अपेक्षा पूर्वाधार विकासमा थियो, अहिले लगानीमैत्री वातावरण नै हो’: राजन भट्टराई

‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समयसीमासहित सरकारी सेवाको व्यवस्था गरौं’: राजेन्द्र मल्ल

विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ: इप्पान अध्यक्ष कार्की

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौँ: देव गुरुङ

बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउँदै लगानी बढाइ भारत र चीनसँगका व्यापार योजना समेटिनुपर्छ: सचिव उपाध्याय

रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ: रास्वपा नेता खनाल

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सबै राजनीतिक दलले आँट गर्नुपर्छ: अर्थशास्त्री थापा

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै