माघदेखि दैनिक १० हजार लाइसेन्स छापिने, पहिलो चरणमा कर्णालीका १ लाख आवेदकको पालो

काठमाडौँ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई कार्यलाई गति दिन सुरक्षण मुद्रण केन्द्रले तयारी तीव्र पारेको छ। केन्द्रले आगामी माघ महिनादेखि दैनिक १० हजार थान लाइसेन्स छाप्ने लक्ष्य राखेको छ।

यसअघि अति आवश्यक (अत्यावश्यक) लाइसेन्स मात्रै सीमित संख्यामा छाप्दै आएको केन्द्रले अब भने पूर्ण क्षमतामा छपाई कार्य अघि बढाउन लागेको हो।

कर्णालीका १ लाख आवेदकको डाटा पठाइँदै

यातायात व्यवस्था विभागले पहिलो चरणमा कर्णाली प्रदेशका करिब १ लाख थान लाइसेन्सको ‘ब्लक डाटा’ सुरक्षण मुद्रण केन्द्रलाई उपलब्ध गराउने भएको छ। विभागले आजै (शुक्रबार) उक्त डाटा केन्द्रमा पठाउने तयारी गरेको छ।

मुख्य जानकारी:-

छपाई क्षमता: दैनिक १० हजार थान (माघदेखि)।

तत्कालको योजना: कर्णाली प्रदेशका १ लाख आवेदकको लाइसेन्स छपाई।

अहिलेसम्मको प्रगति: सुरक्षण मुद्रण केन्द्रले परीक्षणका रूपमा यसअघि नै ९ हजार थान लाइसेन्स छापिसकेको छ।

लाइसेन्स छपाई कार्यले गति लिएसँगै विगत लामो समयदेखि ‘ट्रायल’ पास गरेर पनि स्मार्ट कार्ड कुरिरहेका लाखौँ सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै