मन्त्रिपरिषद्का ६ मुख्य निर्णय: ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिने

काठमाडौँ । सरकारले विभिन्न जिल्लाका ९ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनलाई थप सुदृढ बनाउन र नागरिकलाई सहज सेवा दिन यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्:

स्थानमा नयाँ इलाका प्रशासन कार्यालय

गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै निम्न स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ:

ताप्लेजुङ: श्रीजंघा

डोल्पा: धो

मुगु: खत्याड

कालीकोट: रास्कोट

बाजुरा: कोल्टी

डोटी: बीपीनगर

दार्चुला: गोकुलेश्वर

बैतडी: मेलौली

सङ्खुवासभा: हेदाङगढी

बैठकले नागरिकता वितरण प्रक्रिया र श्रम रोजगारका क्षेत्रमा रहेका प्रशासनिक झन्झट हटाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने निर्णय गरेको छ । यस्तै  कृषि क्षेत्रको प्रवर्द्धनका लागि सरकारले औपचारिक रूपमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउने निर्णय गरेको छ।गृह मन्त्रालयको नयाँ सङ्गठन संरचना र कार्यबोझ अनुसारको दरबन्दी तेरिजलाई बैठकले स्वीकृति प्रदान गरेको छ ।

May be an image of the Western Wall and text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै