काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १८ औँ नगरसभा सुरु भएको छ ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा केही बेरअघि शुरु भएको १८ औँ नगरसभा र ४५औँ कार्यपालिकाको बैठकमा अहिले उपप्रमुख सुनिता ढंगोलले मन्तव्य व्यक्त गरिरहेकी छन् ।
बैठमा ढंगोलले महानगरको आयव्य प्रस्तुत गरिरहेकी छन्। बैठक लगत्तै महानगरका जनप्रतिनिधिको टोलीको दिवा भोज गोदावरी रिसोर्टमा राखिएको महानगरपालिका स्रोतले जनाएको छ ।
दिवा भोजपछि गोदावरी रिसोर्टमै महानगरको अर्को बैठक हुनेछ। सो बैठकले महानगरको ऐन संशोधन गर्ने बताइएको छ । बालेन मेयरमा निर्वाचित भएपछि पहिलोपटक नगरसभा बैठक महानगर कार्यालयबाहिर बसेको हो ।