संसद्का दुई समितिको बैठक आइतबार बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज (आइतबार) दुई संसदीय समितिको बैठक बस्दैछ। आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक निर्धारित भएको हो।

पूर्वाधार विकास समिति: यस समितिले वर्षाका कारण अन्तरदेशीय सडकहरू कोदारी राजमार्ग र रसुवागढी लगायतका सडकको अवस्थाबारे छलफल गर्नेछ। साथै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारे पनि छलफल हुनेछ।

विधायन व्यवस्थापन समिति: यस समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै