अर्थ सहित पाँच संसदीय समितिको बैठक बस्दै, एजेन्डाहरू फरक-फरक

काठमाडौँ । सङ्घीय संसद अन्तर्गतका पाँचवटा संसदीय समितिका बैठक आज (शुक्रबार) बस्दैछन् ।

सिंहदरबारस्थित बैठक कक्षमा बिहान ९ बजेदेखि दिउँसो १ बजेको बीचमा यी बैठकहरू हुनेछन्। प्रत्येक समितिको छलफलका विषय फरक-फरक रहेका छन् ।

कुन समितिमा के विषयमा छलफल ?

-अर्थ समिति:

यसमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि संशोधनकर्ता सांसदहरू र विज्ञहरूसँग छलफल हुनेछ ।

-महिला तथा सामाजिक मामिला समिति:

यो बैठकले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्यमान कानुनी जटिलताहरूका बारेमा छलफल गर्नेछ।

-राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति:

यस बैठकमा निर्माणाधीन सङ्घीय संसद भवनको निर्माण कार्यतालिका र त्यसलाई कार्यान्वयन गर्ने सरकारी तयारीबारे समीक्षा गरिनेछ ।

-सार्वजनिक लेखा समिति:

बेरुजुको मात्रा धेरै भएका १० मन्त्रालयका सचिव र तिनका विभाग प्रमुखहरूसँग बेरुजु घटाउने विषयमा छलफल गरिनेछ ।

-उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति:

यस बैठकमा समितिले विभिन्न क्षेत्रमा गरेको स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै