चेक बाउन्स मुद्दामा ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ । विवादास्पद ठेकेदार मनोज भेटवाललाई आज काठमाडौँबाट पक्राउ गरिएको छ। उनलाई १० करोड रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनी यसअघि पनि २०७९ फागुन १० गते ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । एपेक्स बैंक घोटालामा उनी तानिएका थिए । भेटवाल यसअघि पनि चेक बाउन्स तथा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा समेत पक्राउ परिसकेका थिए।

भेटवाल काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ को ठेकेदारको रूपमा पनि चिनिन्छन् । पटक–पटक विवादित कारोबार र असुली प्रकरणमा मुछिँदै आएका भेटवाल ‘काठमाडौं भ्यू टावर’ को ढिलो निर्माण तथा सम्झौता उल्लङ्घनको आरोपमा पनि चर्चामा रहँदै आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै