सुनचाँदी व्यवसायीको चेतावनी: ‘कर फिर्ता नभए आन्दोलन’

काठमाडौँ । सुनचाँदी कारोबारमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता करप्रति असहमति जनाउँदै व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुनः विचार गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षहरूले बजेटमा उल्लेख गरिएको कर व्यवस्था व्यवसायका लागि घातक हुने चेतावनी दिएका हुन् ।

भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकार लगायतका प्रतिनिधिहरू सहभागी थिए ।

भारतको तुलनामा बढी कर र भन्सार दर भएका कारण प्रतिस्पर्धा गर्न असमर्थ भएकाे र प्रस्तावित करले व्यवसाय धराशायी हुने खतरा बढेकाे व्यवसायीहरूको तर्क छ । सरकार गम्भीर नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी उनीहरूले दिएका छन् ।

प्रधानमन्त्री ओलीले समस्याको समाधान संवादबाट खोजिने विश्वास व्यक्त गर्दै सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर व्यवहार्य मागहरू सम्बोधन गर्ने आश्वासन दिएका छन् । साथै, आन्दोलनमा नजान आग्रह गर्दै वार्ता र छलफलमार्फत अगाडि बढ्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सरकार आवश्यक समायोजनबारे अध्ययन गर्ने र व्यवसायमैत्री वातावरण बनाउन तयार रहेको स्पष्ट सन्देश दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै