उद्योग संगठन मोरङमा नन्दकिशोर राठी निर्विरोध अध्यक्ष निर्वाचित

विराटनगर । उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । संगठनको शनिबार सम्पन्न ५२औँ साधारण सभाले राठीसहित सबै पदाधिकारीलाई निर्विरोध चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

यसअघिको कार्यसमितिमा राठी वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए।

नयाँ कार्यसमितिमा पदाधिकारीहरू:

  • वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल
  • प्रथम उपाध्यक्ष: सुरेन्द्र गोल्छा
  • द्वितीय उपाध्यक्ष: विपिन काबरा
  • तृतीय उपाध्यक्ष: सुबोध कोइराला
  • कोषाध्यक्ष: पारस लुनिया

कार्यसमिति सदस्यहरू:

सिद्धार्थ काबरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपकुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोष भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल पनि कार्यसमिति सदस्यमा छानिएका छन्। नयाँ कार्यसमितिले शनिबार नै किरण व्यास (महिला), प्रतीक राउत र पारस गोल्छालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ।

उद्योग संगठन मोरङमा पदाधिकारी छनोट गर्न पाउने हैसियतका १८३ सदस्य उद्योगी तथा प्रतिष्ठानहरू आबद्ध छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै