
काठमाडौँ । संवैधानिक इजलासले ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दाको बहुप्रतीक्षित फैसला आज सुनाएन। न्यायाधीशहरूबीचको छलफल नसकिएकाले फैसलाका लागि असार १८ गते नयाँ मिति तोकिएको छ ।
इजलास अधिकृतले अधिवक्ता अर्जुन खड्कालाई यो जानकारी गराएको हो । आज न्यायाधीशहरू इजलासमा नआएपछि अधिकृतले नै जानकारी गराएका थिए । यसअघि, संवैधानिक इजलासले फैसला गर्नुअघि रिट निवेदकमध्येका केही कानून व्यवसायीलाई बोलाएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्, जो दिनभर छलफलमा थिए ।