काठमाडौँ । आज मिति वि. सं. २०८२ चैत २४ गते मंगलबार । ई. सं. २०२६ अप्रिल ७ नेपाल सम्बत ११४६ चौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल पञ्चमी । चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, व्यतीपात योग, तैतील करण एवं विश्व स्वास्थ्य दिवस । आज बिहान ५ बजेर ५० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २५ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
अधुरा काम बन्ने तथा नयाँ जिम्मेवारी हातलाग्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलताका लागि सहज हुने देखिन्छ । कुराकाट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदाको योग छ । पराक्रमका साथै आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोगले सुख वृद्धि गराउला । रसरागमा आकर्षण बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
खर्च केही वृद्धि हुने सम्भावना रहेपनि उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनाले काममा जाँगर चल्ने देखिन्छ । कर्मबल बढ्नेछ भने श्रमको उचित मूल्याङ्कन होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
व्यापार बढ्ने, सुखद यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित तुल्याउनुको साथै पराक्रम बढ्ने दिन छ । व्यापार–व्यवसायमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख मिल्ला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । सामर्थ्य वृद्धिका साथै रोकिएको काम बन्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
आजको दिन केही चुनौतीयुक्त रहनुका साथै धेरै लगानीपछि कममात्र फाइदा हुनेछ भने समयमा होस नपुग्नाले केही ब्यवधान झेल्नुपर्ला । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन आगो तथा हातहतियारको प्रयोगमा एकदमै सावधान रहनुहोला । आर्थिक संकट पनि पर्नसक्छ । यसका बाबजुद आत्मविश्वास कायम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
आजको दिन प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेपनि आम्दानीमा कमी आउने छैन । आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । सकारात्मक परिणामका लागि दौडधुप बढ्ने देखिन्छ । सामथ्र्य वृद्धि हुनेछ । मूलतः आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
परिश्रमअनुसार उपलब्धि पनि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । खर्च भने केही बढ्ने र सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्ने देखिन्छ । कुरा काटनेहरु बढ्नेछन्, सावधान रहनुहोला । अवरोध गर्नेहरूको सक्रियताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
चिताएको काम सहजै बन्नसक्ने दिन छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित रहला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्ला । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला । आत्मविश्वास जाग्नेछ भने प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पढाइलेखाइमा भने खासै प्रगति हुने देखिन्न । आफन्तमिलनले खुशी प्रदान गर्ला । लाभदायी कार्यका लागि व्यस्तता वृद्धि हुने योग छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । रचनात्मक क्रियाकलाप एवम् व्यवसायिक कर्ममा प्रगति होला । जागिरमा चाहिँ आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने देखिन्छ । आत्मसम्मान जोगाउन विशेष सचेत रही कार्य गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि एवम् प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
व्यावसायिक कार्य बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि आजको दिन महत्वपूर्ण काम बन्ने देखिन्छ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिएलान् । पढाइलेखाइमा प्रगति हुनेछ भने परिवारजनसँग आत्मीयता बढ्नेछ । मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । कलासम्बन्धी कार्यमा विशेष मन जाला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
मान महत्व वृद्धिको समय भएपनि आजको दिन केही चुनौती सामना गर्नुपर्ला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । मनमा पीडाले डेरा जमाउने योग भएकोले चिन्तारहित हुने स्वप्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेको छ, विशेष सजग रहनु उचित हुनेछ । कतिपय प्रतिकुलताका बाबजुद मनमा रसरागको भाव जागृत हुने देखिन्छ । मित्रजनको सहयोग रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
आर्थिक क्षेत्रमा राम्रै लाभ हुने तथा व्यापार, कृषि एवम् वैदेशिक क्षेत्रमा एकदमै राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । आम्दानी बढ्न सक्छ । साहसिक काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..शुभकामना !!!