काठमाडौँ । आज मिति वि. सं. २०८२ चैत १४ गते शनिबार । ई. सं. २०२६ मार्च २८ नेपाल सम्बत ११४६ चौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल दशमी तिथि। चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, सुकर्मा योग, गर करण एवं विश्व नेवाः दिवस । आज बिहान ६ बजेर १ मिनेट नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार–ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मिहेनतले पूरा हुनेछ । मिष्ठान्न भोजन प्राप्तिका साथै सुख बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
व्यस्तता बढेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ–सहयोग प्राप्त हुने देखिन्छ । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । दौडधुप बढेपनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ । साहसिक कार्यमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार–ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियार आदिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । छरछिमेकसंग सामान्य विवाद हुनसक्छ । चुनौतीका बाबजुद गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिक÷व्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन एवम् धनप्राप्तिको योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफल भइ दुःखमात्र हातलाग्न सक्छ । खर्च केही बढ्नेछ । बौद्धिकतासँग सम्बन्धित कार्यमा आंशिक सफलताको सम्भावना छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । अनुकूलता वृद्धि हुनेछ भने सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्नेछन् । आमोदप्रमोदका अवसर जुर्नेछन् । सबल स्वस्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । धन आर्जनका माध्यमहरू फेलापर्ने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट विशेष फाइदा लिन सकिनेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
चुनौती केही बढ्ने र दैनन्दिन कर्ममा पनि बाधा आइपर्न सक्ने समय छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । मिष्ठान्न भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि आहारविहारमा सजग रहनु हितकर होला । खर्च वृद्धि हुनसक्छ, फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । चुनौतीका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढाउला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला । विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..