काठमाडौँ । आज मिति वि. सं. २०८२ चैत १२ गते बिहीबार ई. सं. २०२६ मार्च २६ नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शोभन योग, ब्व करण एवं चैत्र दशैँको अष्टमी परेको छ भने काठमाडौँ उपत्यकामा आज सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुदैछ । आज बिहान ६ बजेर ३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
आजको दिन आलस्य गर्ने बानीले केही समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । तर, आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । व्यस्तता वृद्धि हुनेछ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त होलान् । खर्चको मात्रा भने केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि धर्मकर्ममा आकर्षण बढ्नेछ । श्रमको पनि उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारीसमेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्त होला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । कर्मबल बढ्नेछ, तर सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, ध्यान राख्नुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले चनाखो रही कार्य–व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । नियमित खर्चमा बढोत्तरी होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
साहसिक काममा आकर्षण बढ्ने समय भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । साझेदारीमा समस्या आउला । तथापि, मिहेनत र इमानदारीले परिस्थिति सम्हाल्न मद्दत गर्नेछ । बिछोडिएका मित्रजनसँग भेटघाटको योग छ । आरोग्यबल बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
विभिन्न भौतिक साधनहरू जुट्ने एवम् प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ने योग छ । पतिपत्नीमा अविश्वास बढ्नसक्छ, आपसी व्यवहारमा लचकता अपनाउनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । व्यक्तिगत कमजोरीले चिन्ता बढाउने योग छ । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिनु हितकर होला । मुख्य काममा बाधा हुने योग परेकोले आजको दिन विशेष योजना थाती राख्नु उचित हुनेछ । सानातिना काममा धेरै समय अल्झनु परे पनि मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
वौद्धिक कार्यबाट राम्रै धनलाभ हुने समय छ । प्रतिभा प्रदर्शन गरी धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । मान्यजन तथा गुरुजनको विशेष सहयोग जुट्नाले अध्ययन-अध्यापनमा प्रगति हुने समय छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला । महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । तर, शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । मित्रजनसँग जमघट र मिठो भोजन प्राप्तिको योग छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
सामाजिक कार्यमा विशेष लगाव रहने र मान-प्रतिष्ठा बढ्ने दिन छ । भाग्यबल बढ्नेछ । रोकिएको काममा सफलता मिल्ला । यात्रागत कार्य सार्थक रहला । आमोदप्रमोदमा रमिरहनुहुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नुका साथै रोकिएको काम सजिलै सम्पादन हुनसक्छ । स्वास्थ्यगत रूपले आफू केही कमजोर भएको अनुभूति होला । पढाइलेखाइको दृष्टिले समय मध्यम छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । सन्तानसुख मिल्नेछ, प्रेमभाव बढ्नेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । बौद्धिक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । साझेदारीको काम बन्नेछ भने आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्य गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा होला । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
मित्रजनको साथ-सहयोगले विशेष योजना कार्यान्वयनमा गति मिल्ने समय छ । पराक्रमका साथै यश-वर्चश्व बढ्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइएला । उद्योग-व्यापारतर्फ सामान्य फाइदा मिल्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । तथापि, नियमित कार्यबाट धन आर्जनको योग रहेको छ । आरोग्यबल बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । विशेष ठानेर गरिएको कार्यमा सोचेको लाभ नमिल्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आरोग्यबल बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..